
काठमाडौं – चलचित्र ‘कोसेढुंगा’ निर्माणको घोषणा गरिएको छ। यस चलचित्रको निर्देशन ‘पूर्ण बहादुरको सारङ्गी’ का प्रसिद्ध निर्देशक सरोज पौडेलले गर्नेछन्। उनले चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको जानकारी दिएका हुन्। पोस्टरमा घुरमैलो बिहानीको पृष्ठभूमिमा एक महिला पहाडको दृश्य हेरिरहेकी छन्, जसको अगाडि ठूलो रुख र पहाडी घर छन्। यस पोस्टरले पहाडी जीवनको कठिनाइ, अग्ला सपना र संघर्षको संकेत गरेको छ।
‘कोसेढुंगा’ एक सोसल ड्रामा फिल्मको रूपमा प्रस्तुत हुनेछ, जसमा अभाव र संघर्षको कथालाई दर्शाइएको छ। निर्माण पक्षले चलचित्रको बारेमा अझै केही विवरण खुलाएको छैन। चलचित्र २०८२ मा रिलिज हुने जानकारी दिइएको छ। यो फिल्म नरदेवी फिल्मसको प्रस्तुति हो र प्रेविल कँडेल र हरि महतले लगानी गर्नेछन्। दिनेश खड्का कार्यकारी निर्माता र बाबु श्रेष्ठ डीओपी हुन्। सुरेन्द्र पौडेल फिल्मको सम्पादन गर्नेछन्। संगीत रिदम कँडेल र आशिष अविरलको रहनेछ।
निर्देशक पौडेलले भने, ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तै यो चलचित्र पनि दर्शकको मन जित्ने प्रयासमा हुनेछ। ‘कोसेढुंगा’लाई पनि सफल बन्ने आशा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे