काठमाण्डौँ, १२ जेठ । सरकारले जेठ १ गतेदेखी लागु गरेको आइतबार विदामा पनि राहदानी विभाग भने खुल्ने भएको छ । सेवाग्राहीको उच्च चापका कारण विभागले जेठ १५ देखि आइतबार पनि सेवा दिने निर्णय गरेको हो ।
विद्युतीय राहदानी सहजरुपमा उपलव्ध गराउने सरकारको नीति रहेको र राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय बढिरहेकाले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गर्न लागिएको विभागले जनाएको छ ।
१५ जेठदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे