
काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले आउँदो महाशिवरात्रि २०८२ को तयारी सुरु गर्दै सेवा शिविर सञ्चालनका लागि आवेदन आह्वान गरेको छ। कोषले धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक र औद्योगिक सङ्घ–संस्थाहरूलाई भक्तजन, साधुसन्त र तीर्थयात्रीका लागि निःशुल्क भोजन, आवास, पिउने पानी, स्वास्थ्य सेवा तथा स्वयंसेवक सेवा सञ्चालन गर्न आग्रह गरेको हो।
पशुपति क्षेत्र विकास कोषकी सूचना अधिकारी अनिता भट्टका अनुसार, आवेदन दिन चाहने संस्थाले आफ्नो दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपि, सञ्चालन गर्न चाहेको सेवाको प्रकार, संख्या र समयावधि स्पष्ट उल्लेख गरी माघ २० गतेभित्र आवेदन पेश गर्नुपर्नेछ। समयमै आवेदन नपठाउँने संस्थालाई सेवा शिविर सञ्चालनको लागि स्थान उपलब्ध गराइने छैन।
यस वर्षको महाशिवरात्रि फागुन ३ गते आइतबार पर्छ। कोषले पर्वलाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण भव्य, सभ्य र दिव्य ढंगले सम्पन्न गर्न सबैको सक्रिय सहभागिताको अपिल गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे