
काठमाडौं । गेडु ग्लोबल एजुकेशनले पार्टनर्स मिट २०२४ काठमाडौंको हायात रीजेन्सीमा सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा विभिन्न संस्थाका प्रमुखहरू र प्रतिनिधिहरूको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको प्रमुख आकर्षण गेडु का सिइओ डा. विष्वजीत राना को विशेष सम्बोधन थियो ।
उनले गेडुको मिशन, गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता, र विद्यार्थीको सफलताका लागि रणनीतिक सहकार्यको महत्वबारे जोड दिए ।
शैक्षिक एजेन्ट र पार्टनरहरूको महत्वपूर्ण भूमिकालाई सम्मान गर्दै, गेडुले कार्यक्रममा सहभागी सबै एजेन्टहरूलाई विशेष समारोहमार्फत सम्मान समेत गरिएको थियो । त्यस्तै कार्यक्रममा अन्य प्रतिष्ठित वक्ताहरूले पनि आफ्नो विचार प्रस्तुत गरे ।
ज्योति भेल, सेलर र इ एम ए का डेस्टिनेशन म्यानेजर, ले सेलर युनिभर्सीटी को वार्षीक शैक्षिक कार्यक्रमहरु शैक्षिक कार्यक्रमहरूको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै अर्का वक्ता राजेश सीपी ले गेडु को कनभर्शन प्रक्रियामा डेस्टिनेशन को महत्त्वबारे विस्तृत जानकारी प्रदान गर्नु भएको थियो ।
गेडुका अन्य प्रमुख कार्यकारीहरू, कुबेर कपूर सार्कका प्रमुख, र श्रीलंका नेपालका कन्ट्र हेड चित्रांश सिन्हा ले पनि आफ्नो प्रस्तुति राखे, जसमा शैक्षिक संस्थाहरू र एजेन्टहरूसँगको सहकार्यलाई कसरी अझ बलियो बनाउन सकिन्छ भन्ने छलफल गरिएको थियो ।
पार्टनर्स मिटको सफलतासँगै गेडु ले सहकार्यको माध्यमबाट शिक्षालाई रूपान्तरण गर्ने, आफ्ना पार्टनरहरूको योगदानलाई सम्मान गर्ने, र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियकरणको चुनौतीमा उत्रन सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरेको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे