
काठमाडौँ , २८ फागुन । मन्त्रीहरू बैठकमा उपस्थित नगरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे ११ बजे सुरु भएको थियो।
सभामुख देवराज घिमिरेले बैठकको सुरु भएको जानकारी दिँदै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सचेतक हितराज पाण्डेले मन्त्रीहरूको अनुपस्थिति प्रति ध्यानाकर्षण गराए। उनले बैठकमा मन्त्रीहरूको उपस्थिति नभएको भन्दै बैठक अगाडि नबढाउन आग्रह गरे।
पाण्डेले भने, “सरकार सदनलाई हेपिरहेको छ। सरकार हामी जनप्रतिनिधिलाई हरेक कुरामा हेपिरहेको छ। हाम्रा अभ्यासहरू सरकार मान्दैन। अहिले सम्म सदन सुरु हुँदा पनि मन्त्रीहरू कोही उपस्थित छैनन्। हामी समितिहरु र उपसमितिहरुमा प्रतिपक्षी दल उपस्थित हुन्छ, तर सरकारको प्रतिनिधित्व छैन। नियमअनुसार बैठक चल्न सक्दैन। यसकारण बैठक बन्द गरियोस्।”
सभामुख देवराज घिमिरेले तुरुन्तै प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ का आधारमा बैठकमा मन्त्रीको उपस्थिती अनिवार्य भएको भन्दै १५ मिनेटपछि बैठक पुनः सुरु हुने घोषणा गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे