
हतियार खरिद सम्वन्धि विषयमा सासंद नवराज सिलवालले संसदमा वौल्दे यो गठवन्धन सरकारले विचौलिया मार्फत हतियारको मुल्य भन्दा दुईसय प्रतिशत धेरै कमिशन राखेर फाइल खडा गराएको र प्रहरी उच्च अधिकारीबाट माग गराउन लगाएको भन्ने टिप्पणी गरेका छन्। यद्दपि प्रहरीले भने चुनावको लागि हतियार आवश्यक भएको भन्ने कुरा वाहिर आएको छ।
सांसद नवराज सिलवालले नेपाल प्रहरीको लागि यस किसिमको हतियारको हाल औचित्य र आवश्यकता नभएको वताएका छन्। यो फेरि प्रहरी उच्च अधिकारीलाई फसाउने खेल हो सांसद नवराज सिलवाल भन्छन् विगतमा यस्तै प्रकारले सुडान काण्ड भएको र प्रहरी उच्च अधिकारीहरु फसेका उदाहरण छन् भन्ने कुरा सवै जानकार रहेको वताएका छन् ।
सांसद भन्छन् यस किसिमको कदम प्रति यो सरकारको भत्सना गर्दछु । विचौलिया मार्फत कमिशनलाई प्रोत्सान गर्ने ,भष्टाचार मौलाउने, उच्च प्रहरी अधिकारीलाई फसाउने कुरा मान्ने नहुने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे