
काठमाडौँ, १० श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्ने घोषणा गरेको सागर ढकाल डडेल्धुरातर्फ हिँडेका छन् ।
उनले सोमबार सामाजिक सञ्जालमार्फत चुनावको तयारीको लागि नाइट बसमा डडेल्धुरा गएको जानकारी गराएका हुन् ।
ढकालले अबको २–३ महिनामा संभावित प्रधानमन्त्री सहित चिन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने बताएका छन् ।
उनले प्रधानमन्त्रि देउवालाई हजुरवा भन्दै आफनो हात समातेर लोकल बसमा डडेलधुरा सँगै जान अनुरोध पनि गरेका छन् ।
मेरो प्रतिस्पर्धि सम्मानित प्रधानमन्त्री शेरबहादुर हजुरबुवासंग डडेलधुरा लोकल नाइट बसमा (सुरक्षित बनाएर) हात समाएर नातिसंगै जान यहि पोस्ट मार्फत हजुरबुवालाइ अनुरोध गर्न चाहन्छु, ‘उनले भनेका छन्, ‘सुन्छु डडेलधुराको बिकट गाउँबाट चप्पल पढ्काएर राजनितिमा आउनु भएको हजुरबुवाले म जन्मिएदेखि जमिन टेक्नुभएको छैन, नेपाली जनताको पिडा सत्ताको मोहमा बिर्सनु भएको छ। परिवारबादमा सोच्न नसकिने गरि चुर्लुम्म डुब्नु भएको छ।’
ढकालले डडेलधुरा जानु अगाडि लेखेका छन् :
**चुनावको तयारिको लागि नाइट बसमा डडेलधुरा तिर लागियो **
म जहा जान्छु, चाहे त्यो नेपाल होस् या सुडान या किर्गिस्तान, ४-६ महिनामा सफल काम गर्ने मोडेल बनाएर छोडेको छु। यो पनि त्यहि प्रयासको एक अंश हो।
हामीले सकेको कम भन्दा कम खर्च गर्ने प्रयास गर्ने छौ। हेलिकप्टर र गाडिका ताति छोडेर मोटरसाइकल र साइकल मात्र प्रयोग गर्नेछौ। ठुला-ठुला सभा हलका भाषण सुन्ने कार्यक्रम पुर्ण रुपमा छोडेर चौपारि वा सडकमा, पानिसंगै रुझेर , बसेर आमाबुवा, छोराछोरी र साथिहरू संग भालाकुसारि गर्नेछौ। घोषणापत्र होइन कार्यान्वयन पत्र छिट्टै सार्वजनिक गर्नेछौ। सिंगापुर र चिन जस्तो एक पुस्तामै आमुल कायापलट हुने गरि विकास गर्न सक्छौ कि सक्दैनौ अहिले भन्न सकिन्न र थाहा छैन तर अबको २-३ महिनामा संभावित प्रधानमन्त्री सहित चिन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने छौ। हामी असामान्य हुनेछैनौ , सामान्य भन्दा सामान्य हुने प्रयास गर्नेछौ। हामी यति सम्म सामान्य हुनेछौ कि गाउको जोसुकै व्यक्ति डेलिभरि गर्न सक्छ भने उ राजनितिमा आउने आंट गरोस्। सहर र गाउमा आँखाभरि सपना, चिक्ष्ण डेलिभरि गर्ने दिमाग र पिडा नै पिडा भरिएको एक युवाले हामीबाट धेरै भन्दा धेरै कुरा सिक्न सकोस् । तसर्थ हाम्रो/मेरो हरेक राजनितिक कदम यसरि लिइनेछ ताकि करोडौ युवाले जस्ताको तेस्तै एक एक पाइला कपि गर्न सकुन् । मेरो/हाम्रो हरेक खर्च मिति र सके समयसंगै, मिनेट र पैसामा हिसाब गरेर सार्वजनिक गर्ने छु, सबै चिज सके सम्म अनलाइन नै तिर्ने प्रयास गर्ने छु। हरेक गाउ गाउ सहरसहरमा निसास्सिएका युवाहरुमा पुराका पुरा सुध्द हावा र स्वास फेर्ने वातावरण बनाउने छौ।
आर्को पटक डडेलधुरा जादा चुनावको मिति सार्वजनिक हुनेछ। मेरो प्रतिस्पर्धि सम्मानित प्रधानमन्त्री शेरबहादुर हजुरबुवासंग डडेलधुरा लोकल नाइट बसमा (सुरक्षित बनाएर) हात समाएर नातिसंगै जान यहि पोस्ट मार्फत हजुरबुवालाइ अनुरोध गर्न चाहन्छु । सुन्छु डडेलधुराको बिकट गाउँबाट चप्पल पढ्काएर राजनितिमा आउनु भएको हजुरबुवाले म जन्मिएदेखि जमिन टेक्नुभएको छैन, नेपाली जनताको पिडा सत्ताको मोहमा बिर्सनु भएको छ। परिवारबादमा सोच्न नसकिने गरि चुर्लुम्म डुब्नु भएको छ। डडेलधुरा पनि पाँच वर्षमा एक पटक जान पनि हम्मे हम्मे पर्छ रे । यस पटक उहाँलाइ जमिन टेकाउने प्रयास गर्नेछु। हजुरबुवालाइ नातिले डोर्याएर जमिन टेकाउनेछ। जनतालाइ पिडा कति छ, कति आत्तिएका छन् भन्ने कुरा नातिले हजुरबुवाको आखा कमजोर भए पनि गाउ गाउ र सहर सहरबाट कानमा घन्किने गरि आवाज उठाउनेछ । हजुरबुवा-नातिको जोडि पनि मिल्छ। आशा छ हजुरबुवाले नातिलाइ माया गर्नु हुनेछ, नातिले हजुरबुवालाइ बेजोड माया गर्छ , सुनाइदिनु होला। त्यहि कारणले अब हजुरबुवालाइ आराम दिने निर्णय नाति पुस्ताले गरेको छ। आशा छ हजुरबुवाहरु चाढै रिटायर हुनुहुनेछ। हजुरबुवा रिटायर भएको दिन नातिहरुले झुलंगामा राखेर , शान्तिको पाठ गराउदै , मिठ्ठो चिया पकाएर खान दिनेछन्। हजुरबुवाको र्याल तपाइको छोराछोरिहरुले स्याहार्दैनन् किनकि तपाइहरुले आफ्ना छोरा-छोरिलाइ पिडा दिनुभएको छ तर नाति-नातिना पुस्ताले पुस्दिन पनि तयार भएर बसेको छ। हजुरबुवाहरुलाइ सम्पुर्ण स्याहार सुसार गरिनेछ। हजुरबुवाहरुलाइ हामी नातिहरुले निकै माया गर्छौ र अबको ५-७ महिनामा देसको हरेक कुना-कुनाबाट हजुरबुवाआमाहरुलाइ नाति-नातिनाहरुले नै ससम्मान रिटायर पनि गराउछौ ।
सबैको भलो होस् । ओम शान्ति !!
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे