
काठमाडौँ, ७ चैत । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको टिमले लेजेन्ड्स क्रिकेट लिगको उपाधि जितेको छ।
कतारको दोहामा गएराति भएको फाइनल खेलमा वर्ल्ड जायन्टसलाई ७ विकेटले हराउँदै खड्काको टिम एसिया लायन्स च्याम्पियन बनेको हो
टस जितेर पहिले ब्याटिङ गरेको वर्ल्ड जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४७ रन बनएको थियो।
उसको लागि दक्षिण अफ्रिकी भेट्रान खेलाडी ज्याक कालिसले ५४ बलमा अविजित ७८ रनको योगदान दिए । एसियाका अब्दुर रजाकले २ विकेट तथा थिसेरा परेराले एक विकेट लिए ।
१४८ रनको विजय लक्ष्य पाएको एसिया लायन्सले १६.१ ओभरम मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो।
एसियाका तिलकरत्ने दिलशानले सर्वाधिक ५८ रन बनाए । त्यस्तै उपुल थरङ्गा ५७ रनमा आउट भए । जायन्ट्सका ब्रेट ली, स्मित पटेल र मोन्टी पनेसारले एकरएक विकेट लिए ।
प्लेइङ ११ मा परेका खड्काले ब्याटिङ र बलिङ दुवै गर्ने मौका पाएनन् ।
लिगमा एसिया लायन्स, वर्ल्ड जायन्ट्स र इन्डिया महाराज गरी तीन टोली रहेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे