
एजेन्सी । भारत सरकारले देशभर रहेका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन दिएको छ। पछिल्ला दिनमा भारत–पाकिस्तान सम्बन्ध चिसिँदै गएपछि भारतको गृह मन्त्रालयले यो निर्देशन जारी गरेको हो। सरकारले भारतमा बसोबास गरिरहेका पाकिस्तानी नागरिकहरूलाई तत्काल प्रभावबाट देश छाड्न भनिएको छ। साथै, भारतीय सरकारले भारत र पाकिस्तानबीच सन् १९६० मा भएको ऐतिहासिक सिन्धु जल सम्झौता पनि खारेज गरेको घोषणा गरेको छ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पाकिस्तानले निरन्तर भारतीय हितविरुद्ध कार्य गरिरहेकाले अब भारत उक्त सम्झौतामा बाँधिनुपर्ने अवस्था छैन।” भारतको जम्मु९कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला भएको छ । बैसरान क्षेत्रको यो घटनामा आतंककारीहरूले पर्यटक, स्थानीय बासिन्दा र व्यवसायमा संलग्न नागरिकहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए। कम्तीमा २८ जनाको मृत्यु भएको छ, जसमा २२ भारतीय पर्यटक, दुई स्थानीय, एक नेपाली र एक युएई नागरिक परेका छन्। थप ३६ जना घाइते भएका छन्।
सिन्धु जल सम्झौता खारेजसँगै भारतले सिन्धु नदी प्रणालीका पानीहरूमा अब पूर्ण अधिकार प्रयोग गर्ने संकेत दिएको छ। यस कदमले भारत–पाकिस्तानबीचको जल विवादलाई गहिरो बनाउन सक्ने अनुमान गरिएको छ। सरकारी अधिकारीहरूका अनुसार, निर्देशन उल्लङ्घन गर्ने पाकिस्तानी नागरिकमाथि कडा कानुनी कारबाही गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे