
काठमाडौँ ,१२ वैशाख । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले पाकिस्तानी भूमिमा कुनै पनि कारबाही गरे त्यसको कडा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। बिहीबार इस्लामाबादमा प्रधानमन्त्री शाहबाज शरिफको अध्यक्षतामा सम्पन्न राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उनले पाकिस्तान आफूलाई रक्षा गर्न पूर्ण रूपमा तयार रहेको बताए।
“हामी आतंकवादी हमलाको निन्दा गर्छौं, तर यदि भारतले कुनै दुस्साहस गर्छ भने त्यसको उचित जवाफ दिइनेछ,” उनले भने। अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले सिन्धु जल सन्धि निलम्बन र अटारी सीमा बन्दजस्ता निर्णय गरेपछि पाकिस्तानले पनि विभिन्न प्रतिकारात्मक कदम घोषणा गरेको छ।
उनले भने, “यदि भारतले कुनै पनि किसिमको दुस्साहस देखाउने प्रयास गर्छ भने, पाकिस्तान त्यसको कडा र तत्काल जवाफ दिनेछ।” पाकिस्तानी सेनाले आफ्नो तयारी उच्च सतर्कतामा रहेको बताएको छ। यसैबीच, क्षेत्रीय सुरक्षा विश्लेषकहरूले दुवै देशलाई संयमता अपनाउन सुझाव दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे