
काठमाडौँ, २३ माघ ।प्याक एसिया स्ट्डी अब्रडले आफ्नो कार्यालय हालसालै कमलादी बाट कमलपोखरी सारेको छ।
आफ्नो नयाँ अफिस चिनाउने र बिध्यार्थीहरूलाई दश भन्दा बढि अष्ट्रेलिया, क्यानडा र युयसएका उत्कृष्ट युनिभर्सिटी र कलेजका प्रतिनीधी संग प्रत्यक्ष भेटघाट गराउने उद्देश्यले ग्लोबल एजुकेशन फेयरको आयोजना गरेको छ।
फेब्रुअरी ४ तारिख शनिबार आयोजना गरीएको उक्त ग्लोबल एजुकेशन फेयरमा बिध्यार्थीहरूले युनिभर्सिटीको प्रतिनिधी हरूसंग शैक्षिक प्रणाली, अवसर र क्षात्रबृतीको बारेमा भरपुर जानकारी लीएका थीए।
ग्लोबल एजुकेशन फेयरमा अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटी मोनास युनिभर्सिटी, म्यक्वारी युनिभर्सिटी, युनिभर्सिटी अफ एडीलाईड, ICMS, दि युनिभर्सिटी अफ न्यु क्यास्टल, साउदर्न क्रस युनिभर्सिटी, युटीएस कलेज, कर्टीन युनिभर्सिटी लगायतका शैक्षिक संस्थाहरूका प्रतिनीधीले बिध्यार्थीहरूलाई प्रत्यक्षरूपमा परामर्श प्रदान गरेका हुन।
क्यानडियन एजुकेशन सिस्टमको बारेमा जानकारी गराउन युनिभर्सिटी क्यानडा बेष्ट र युएस्ए बाट OSWEGO स्टेट युनिभर्सिटी अफ न्यु वर्क र युनिभर्सिटी अफ नर्थ टेक्सास उपस्थित रहेका थिए। प्याक एसिया स्ट्डी अब्रडले प्रतेक इन्टेक लाई केन्द्रित गर्दै यस्तो शैक्षिक मेला आयोजना गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे