
काठमाडौँ । आजदेखि निवर्तमान आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ। भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठन भएको आयोगले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा बिहीबार बसेको बैठकले खापुङलाई काठमाडौं उपत्यका बाहिर अनुमतिविनै नजान ‘स्थानहद’ समेत तोकेको छ।
आयोगले खापुङलाई आवश्यक परेको खण्डमा तत्काल उपस्थित गराउन सकिने भएकाले आजैदेखि लागू हुनेगरी सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ। यससँगै निवर्तमान आइजीपी विदेश भ्रमणमा जान पाउने छैनन् र आयोगले मागेमा रिपोर्ट वा उपस्थित हुन बाध्य हुने छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे