
काठमाडौँ ,२१ चैत।चेन्नाई इन्स्टिच्युट अफ टेक्नोलोजीको नेपालमा प्रवर्द्धन गर्ने उद्देश्य सहित कलेजका चेयर म्यान पी श्रीराम को उपस्थितिमा काठमाडौंको एभरेष्ट होटलमा प्रिन्सिपल मिट पोग्रामको आयोजना गरेको छ।
उक्त कार्यक्रममा चेयर म्यान पी श्रीराम ले चेन्नई इन्स्टिच्युट अफ टेक्नोलोजी एक उद्योग-केन्द्रीत अटोनोमस इन्स्टिच्यूट हो, कुन्द्रथुर, चेन्नई, तुलनामा रहेको यो इन्स्टिच्यूट २०१० मा पार्थसारथी सेनियामल शैक्षिक ट्रस्ट द्वारा स्थापित भएको थियो।
उक्त प्रिन्सिपल मिट कार्यक्रममा एथिना एजुकेशन कन्सल्टेन्सी का मेनेजीङ डाइरेक्टर इन्जिनियर, शुभम् चौरासीयाले चेन्नई इन्स्टिच्युट अफ टेक्नोलोजी लाई नजिक बाट नियालेको र नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक कार्यक्रम रहेको जानकारी गराउँदै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो।
कार्यक्रममा मन्तव्यको क्रममा पार्थवी स्ट्यान्डर्ड इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीका निर्देशक रोहित कुमारले चेन्नई इन्स्टिच्युट अफ टेक्नोलोजीमा नेपाली सेफ, नेपाली खाना, एसी होस्टल, न्युनतम शुल्कमा उच्च गुणस्तरीय शिक्षा पाउन सकिने हुनाले आफुले नेपालमा प्रवर्द्धन गर्न लागेको जानकारी गराउनु भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे