
काठमाडौँ, १० फागुन । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई इसा अवार्डबाट सम्मान गरिएको छ ।
बहराइनमा मङ्गलवार आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उक्त अवार्ड प्रदान गरेका हुन् ।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गरिएको हो । बहराइनका राजा अल खालिफाले डा। रुइतलाई १० लाख डलर बराबरको अवाडसहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।
डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात करिब १३ करोड नेपाली रुपैयाँ भन्दा बढी पाउनेछन् । यस अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर डा। रुइत छनोट हुनुभएको हो ।
मोतियाबिन्दुको उपचारमा सरल विधिको विकास गरेकाले उनको योगदानको सम्मान गरिएको बताइएको छ ।
बहराइनका शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले २०१३ देखि यो अवार्ड प्रदान गर्दै आइरहेको छ। डा। रुइत उक्त सम्मान पाउने पाँचौं व्यक्ति हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे