
काठमाडौं – शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र, भक्तपुरले मानवअंग दान र प्रत्यारोपणका लागि अनलाइन सेवाको शुरुआत गरेको छ। यस सेवाले मष्तिष्क मृत्युपश्चात अंग दान गर्न इच्छुक व्यक्तिहरूलाई सजिलै दर्ता गर्न सक्ने सुविधा प्रदान गर्दै, अंग प्रत्यारोपण आवश्यक बिरामी र दाता बिच एकीकृत जानकारी आदानप्रदान गर्ने व्यवस्था गरेको छ।
संबन्धित सेवाले शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको वेबसाइट [https://donor.wiseyak.com/] मार्फत दाता, बिरामी र प्रत्यारोपण सेवा प्रदायक अस्पतालहरूको जानकारी तत्काल अद्यावधिक गर्ने प्रणाली सुरू गरेको छ। यस अनलाइन सेवाले दाताहरूसँग सम्बन्धित सबै प्रक्रिया थप सरल र छिटो बनाएको छ, जसले अंग दानको अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
मन्त्रालयका अनुसार, मष्तिष्क मृत्यु पश्चात अंग दान गर्न सकिने अवस्था रहेकोले यस कार्यले धेरैको ज्यान बचाउन मद्दत पुर्याउनेछ। मन्त्री पौडेलले शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको अनलाइन सेवा सुरु भएको अवसरमा आफू पनि अंग दानका सदस्य बनेको जानकारी दिएका छन्।। यदि हामी सबैको सानो योगदानले पनि केहि जीवन बचाउन सकिन्छ भने यो निकै ठूलो कार्य हुनेछ।”
यस अभियानको उद्देश्य आकस्मिक मृत्युको कारणले अंगको आवश्यकता भएका व्यक्तिहरूलाई समयमै उपचार प्राप्त गराउनु र अंग दानको महत्त्व बारे जनचेतना फैलाउनु हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे