
काठमाडौँ — बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ निवासी कृष्ण प्रसाद शर्मा बाघको आक्रमणमा परी मृत्यु भएको छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार शर्मा बुधबार बिहान ७:३० बजे स्कुटर लिएर आधाभार जंगलतर्फ घाँस काट्न गएका थिए। तर, दिनभर घर नफर्किएपछि आफन्तले खोजतलास गरे। साँझ पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र उनको शव फेला परेको हो।
प्रहरी, सेना, आफन्त र स्थानीयको सहयोगमा शव फेला पारिएको हो। टाउको नभएको अवस्थामा भेटिएको शवमा बाघले आक्रमण गरेको प्रस्ट देखिएको प्रहरीले जनाएको छ। बाघ आक्रमण भइरहेकाले स्थानीयवासीहरूमा त्रास फैलिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे