
काठमाडौँ, वैशाख ८ । गुल्मीको धुर्कोटमा जंगलमा लागेको डढेलो निभाउने क्रममा एक जना बालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दीपक मुखियाको मृत्यु भएको हो ।
गुल्मी जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पा लगिएको र उनको शुक्रबार बिहान मृत्यु भएको हो ।
उनी गए राति आफ्नो परिवारका सदस्यका साथमा स्थानीय बर्दवास जङ्गलमा लागेको आगो निभाउन गएका थिए ।सोही स्थानका ५५ वर्षीय धनबहादुर कुँवर पनि जलेर गम्भीर घाइते भएको र उनको पाल्पामै उपचार भईरहेको पनि प्रहरीले जनाएको छ ।
धुर्कोटको वडा नम्बर–३ को हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन नेपाल प्रहरी र स्थानीय खटिएका छन् । जंगलमा बिहीबार दिउँसोदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे