
काठमाडौँ , १४ असार | काठमाडौंको नागार्जुन नगरपालिका(६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा कार खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालरहेको छ ।
शुक्रबार बिहान करिब साढे २ बजे बा प्र ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खसेर डुबेको थियो। बिहान साढे ५ बजेमात्र घटनास्थलबाट दर्नाललाई निकालिएको थियो । उनलाई उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बिहान पौने ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए । दर्नाल आफैँले चलाएको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे