
मकवानपुर ,असार १०। मकवानपुरको राक्सिराङ गाउपालिका ७ मा बिषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु
हुनेमा बल बहादुर प्रजा रहेका छन् । उनको चितवनस्थित भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
विरामी पर्नेमा ५५ बर्ष का बल बहादुर प्रजा, निजकी श्रीमती बर्ष ४५ की जालिमाया प्रजा, छोरीहरु बर्ष १५ की रेन्जु प्रजा, बर्ष ८ की सविना प्रजा र १० बर्षा छोरा सुशल प्रजा रहेका छ्न । प्रहरीका अनुसार, उनीहरु सबैको अवस्था खतरा मुक्त रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे