
काठमाडौँ , १ पुस | वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ ।मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ उपदफा २ अनुसार जरिवाना हुने भएको छ ।
प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाहीसहित जारिवाना हुनेछ ।विभागले खुलारूपमा फोहर नजलाउन पनि आग्रह गरेको छ ।यसरी खुलारूपमा फोहर जलाउनेलाई विभागले कारबाही समेत गर्नेछ । विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरेर सबैलाई नियमको पालना गर्न आग्रह गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे