
काठमाडौँ, असोज ६ । नवलपुरको गैँडाकोटमा वनमा घाँस काट्न जाने क्रममा गौँडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं। ६ को नगरमा घाँस काट्न जाने क्रममा स्थानीय नेप्ते कुमाललाई गैँडाले आक्रमण गरेको हो ।
गौँडाको आक्रमणबाट घाइते कुमालको ढाडमा चोट लागेको र उनको जिल्ला सरकारी अस्पताल, चितवनमा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ । कुमालको अवस्था भने सामान्य रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे