
काठमाडौँ , २० साउन | बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन् । आइतबार बिहान सवा ५ बजेतिर मर्निङ्वाक गरिरहेका श्रेष्ठलाई बाघले आक्रमण गरेको हो।
आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र उनको मुख र हातमा चोट लागेको तर अवस्था स्थिर रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ ।
आक्रमण गर्ने जनावरलाई नियन्त्रणमा लिन जिल्ला वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जको टोलीले काम सुरु गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे