
काठमाडौँ, कात्तिक १ । ब्रिटिश पप समूह वान डाइरेक्सनका सदस्य लियाम पेन ३१ वर्षको उमेरमा निधन भएको खबर आएको छ। लियामको निधनको कारण भने अझै सार्वजनिक गरिएको छैन, तर उनका प्रशंसक र साथीहरूले गहिरो शोक व्यक्त गरिरहेका छन्। लियाम पेनले वान डाइरेक्सनमा रहेका बेला विश्वभर लाखौं युवा प्रशंसकलाई आकर्षित गरेका थिए।
उनको संगीत यात्रा २०१० मा समूहको गठनसँगै सुरु भएको थियो, जसले ुव्हाट मेकस यू ब्यूटिफुलु जस्ता हिट गीतहरूलाई जन्म दियो। लियामले कययि करियरमा पनि सफलता हासिल गरेका थिए र उनले विभिन्न सामाजिक मुद्धामा आफ्नो आवाज उठाउँदै आएका थिए।
उनको निधनले संगीत उद्योगमा ठूलो क्षति पुर्याएको छ, र उनका प्रशंसकहरूले उनलाई सम्झदै सामाजिक मिडियामा श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। लियामको योगदान सदैव सम्झिँदै रहनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे