
काठमाडौँ, जेठ २७। पाल्पाको तिनाउ गाउँपालिका –३ झुम्सास्थित तिनाउ खोलामा डुबेर भारतको कानपुरका ३५ वर्षीय फहीम अहमदको मृत्यु भएको छ ।
शनिबार मध्यान्ह साथीहरुसँगै तिनाउ खोलामा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएकोहो ।
डुबेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको थियो ।
अहमदसँगै आएका २ जना साथीहरुले खोलाबाट उद्धार गरेर अहमदलाई अस्पताल पुर्याएका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे