
एजेन्सी । टर्कीको पश्चिमी भागमा ५।८ म्याग्निच्युडको भूकम्प जाँदा एक जनाको ज्यान गएको छ भने कम्तीमा ६९ जना घाइते भएका छन्। भूकम्प सोमबार राति भएको टर्कीको आपतकालीन व्यवस्थापन निकायले जनाएको छ। भूकम्प जाँदा एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन्। सीएनएन टर्कीका अनुसार, टर्कीका गृहमन्त्री अली येर्लिकायाले भूकम्पको बारेमा सामाजिक सञ्जालमा एक विज्ञप्ति पोस्ट गरेका छन्। मन्त्री येर्लिकायाले भनेस् ूमुग्लाको मारमारिसमा ५।८ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्प नजिकैका प्रान्तहरूमा पनि महसुस गरिएको थियो। एएफएडी र सबै सम्बन्धित आपतकालीन टोलीहरूले हाम्रो क्षेत्रीय गभर्नरको समन्वयमा स्थलगत निरीक्षण गरिरहेका छन्। प्रारम्भिक निष्कर्षका आधारमा, शहरभरि घरहरूमा कुनै क्षति भएको छैन। भूकम्पको केन्द्रविन्दु इजमिर सहर नजिकै रहेको जनाइएको छ। भूकम्पका कारण केही घर र भवनहरूमा क्षति पुगेको छ भने सडकहरू चिरा परेका छन्। स्थानीय बासिन्दाहरू डरका कारण घर बाहिर निस्केका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे