
काठमाडौं । यस वर्षको संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ आयोजना गर्न लागिएको छ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै वृहत नागरिक आयोजक समितिले संविधान दिवसको दिन, असोज ३ गते ‘नेशनल डे कन्सर्ट’ मनाउने जानकारी दिएका छन्।
उक्त कन्सर्ट नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकहरूको विश्वास छ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्धन गर्न, युवा पुस्तामा एकताको भावना प्रबल बनाउन, र नागरिक संलग्नता बढाउन सहयोग पुर्याउने उद्देश्य राखिएको आयोजकले जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे