
काठमाडौँ , १६ भाद्र | स्वर्गीय नेता प्रदीप गिरिको १३औँ पुण्यतिथिमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले आज देशभर दीप प्रज्वलन गर्ने भएको छ ।नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले हिजो एक विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उहाँको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिएका छन्।
नेविसङ्घका अध्यक्ष शेर्पाका अनुसार शान्तिबाटीकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ ।
क्यान्सरबाट पीडित स्व गिरिको उपचारका क्रममा यही भदौ ४ गते मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे