
काठमाडौं, असोज ३ | संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनाका सबै कैदी बन्दी रिहा गरेका छन् ।फौजदारी कसुर ऐन २०७४ अनुसार उनीहरूको बाँकी कैद माफ गरिएको हो ।
रिहा हुनेमा जानकी गाउँपालिका लट्कनियाका प्रदीप चौधरी , मोतीपुरका हरिनारायण चौधरी, टीकापुर नगरपालिका ठाह्रापुरका वीरबहादुर चौधरी रहेका छन् । यस बेला तत्कालीन अवस्थामा नाबालक रही पोखरा सुधार गृहमा आफनो सजाय काटिरहेका श्रवणकुमार चौधरी पनि रिहा भएका छन् । सो मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीलाई राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते कैद मुक्त गरिएको थियो ।
रिहा भएका कैदीहरूको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ, रेसम चौधरी, सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, अरुणकुमार चौधरी लगायतले अबिर, खादा लगाएर स्वागत गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे