
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बिहीबार) भक्तपुरमा हुने विशेष कार्यक्रममा सहभागी हुँदै सम्बोधन गर्ने भएका छन्। एमाले भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक–७ गुण्डुमा आयोजना गरेको कार्यक्रममा उनले बोल्ने तयारी छ।
‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ नाम दिइएको कार्यक्रममा ओलीले हाल देशमा देखिएको असामान्य राजनीतिक अवस्था र पार्टीका नेता–कार्यकर्ताले निभाउनुपर्ने जिम्मेवारीबारे धारणा राख्नेछन्।
प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ओली पहिलोपटक दसैंअघि युवा संघको शुभकामना आदान–प्रदान कार्यक्रममा सार्वजनिक देखिएका थिए। त्यसपछि उनले निवासमै बसेर पार्टी बैठक र गतिविधि सञ्चालन गर्दै आएका छन्।
नेताहरूका अनुसार ओली नेतृत्व छाड्ने मनस्थितिमा देखिँदैनन्। तर पार्टीभित्रै उनलाई पद हस्तान्तरण गर्नुपर्ने दबाब भने बढ्दो क्रममा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे