
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन्। उनी काठमाडौंबाट झापा जाने कार्यक्रम रहेको छ। २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन हुँदै भएकाले ओली झापा प्रस्थान गर्न लागेका हुन्।
एमालेले ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै झापा–५ निर्वाचन क्षेत्रबाट टिकट दिएको छ। यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका ओली यसपटक पनि झापा–५ बाटै चुनाव लड्दैछन्।
झापा–५ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह उम्मेदवार छन् भने नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रन्जित तामाङलाई उम्मेदवार बनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे