
काठमाडौँ, १८ बैशाख । इलाम–२ मा निर्वाचित सुहाङ नेम्वाङको विजय जुलुसमा सहभागी हुन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम जाने भएका छन् ।
नेम्वाङको विजय जुलुसमा सहभागी हुन ओली आज इलाम जान लागेका हुन्। ओली आज दिउँसो १ बजे इलाम पुग्ने उनको सचिवालयले जनाएको छ।
यसअघि पनि सुहाङलाई भोट माग्न एमाले अध्यक्ष ओली इलाम २ पुगेका थिए ।
नेकपा एमालेका उम्मेदवार सुहाङले इलाम–२ मा भएको उपनिर्वाचनमा निकतम प्रतिस्पर्धि नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै विजयी भएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे