
काठमाडौँ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी युवाहरुको आन्दोलनलाई आफ्नो पनि आन्दोलनको हिस्सा भएको बताएका छन्। जेन–जी आन्दोलनपछि पहिलो पटक गृह जिल्ला फर्किएका प्रचण्डले बिहीबार कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै, युवाहरुले उठाएका माग भ्रष्टाचारविरोधी अभियानसँग मेल खाने र नयाँ राजनीतिक चेतनाको संकेत भएको बताए।
उनले २३ फागुनमा राजधानीमा भएको आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको मुख्य दोष तत्कालीन सरकारको लापरबाही र ठूला दलको दम्भ रहेको बताए। प्रचण्डले मृतकलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन समिति गठन गर्ने र प्रधानमन्त्रीको राजीनामा माग गर्ने पार्टीको निर्णय पनि सार्वजनिक गरे ।
उनले वर्तमान राजनीतिक अवस्थाबाट निर्वाचन बाहेक विकल्प नदेखिएको भन्दै सबै दललाई चुनावतर्फ उन्मुख हुन र पार्टी एकताको प्रक्रिया अघि बढाउन निर्देशन दिए। प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्र अग्रस्थानमा आउने र जनताको विश्वास फिर्ता ल्याउने सम्भावना रहेको विश्वास व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे