
काठमाडौँ ,३ पुस | चितवनमा जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका– २८ का ७० वर्षीया भागीरथी सुवेदीको मृत्यु भएको छ ।
उनी राति करिब नौ बजे तिर आफनै घरको आँगनमा आगो तापी रहेको बेला एक्कासि जङ्गली हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे