
काठमाडौँ, १० असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर छुट गर्नसरकारसँग आग्रह गरेका छन् ।
कोइरालाले सामाजिक सञ्जाल मार्फत सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पुर्वाधार कर १०, सडक मर्मत कर ४ र भंसार र प्रज्ञापन शुल्क २५.२३ को आधा १२.६२ गरि जम्मा २६.६२ प्रति लिटर नलिने निर्णय गर्न आग्रह गरेका हुन् ।
उनले जनतालाई महंगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न अन्तर्राष्ट्रिय बजारमा मूल्य नघटदासम्म प्रतिलिटर २६.६२ रुपैयाँ नलिने निर्णय गर्न सरकारलाई सुझाव दिए ।
कोइरालाले यो कर अन्तराष्ट्रिय बजारमा मुल्य नघटदा सम्म नलिने निर्णय गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘जनतालाई महंगीको चपेटावाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पुर्वाधार कर रु१०, सडक मर्मत कर रु४ र भंसार र प्रज्ञापन शुल्क रु२५.२३ को आधा रु१२.६२ गरि जम्मा रु २६.६२ प्रति लिटर अन्तराष्ट्रिय बजारमा मुल्य नघटदा सम्म नलिने निर्णय गरोस।’
सरकारले आइतबार पेट्रोलमा २१ र डिजेल मट्टितेलमा २७ रुपैया मुल्य बृद्धि गरेको थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा सडकदेखी सदनसम्म चौतफी विरोध भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे