
काठमाडौँ । अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने तयारीका लागि गठन गरिएको ३१ सदस्यीय उच्चस्तरीय आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ । स्वास्थ्य तथा सम्बन्धित मन्त्रालयको सभाहलमा मन्त्रीको अध्यक्षतामा बसेको बैठकले आगामी वैशाख २ गते मनाइने आरोग्य दिवसलाई संघ, प्रदेश र स्थानीय तहसहित निजी क्षेत्र तथा सरोकारवाला निकायहरूको सहभागितामा भव्य रूपमा आयोजना गर्ने विषयमा विस्तृत छलफल गरेको हो ।
बैठकमा दिवसलाई प्रभावकारी र समावेशी ढङ्गले मनाउने, जनचेतना अभिवृद्धि गर्ने तथा आरोग्यसम्बन्धी कार्यक्रमहरू देशभर सञ्चालन गर्ने विषयमा सहमति गरिएको छ । विशेषगरी स्वास्थ्यप्रद जीवनशैली, मानसिक तथा शारीरिक सन्तुलन प्रवर्द्धन र आरोग्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित कार्यक्रमहरू तय गरिने जनाइएको छ ।
उक्त दिवस नेपालकै प्रस्तावमा संयुक्त राष्ट्र सङ्घबाट घोषणा भएको र यस वर्ष पहिलो पटक मनाउन लागिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे