
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको दोस्रो नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच खेल अपराह्न ३:३० बजे हुँदैछ।
सोमपाल कामी कप्तान रहेको कर्णाली याक्सले अहिलेसम्म चार खेल खेल्दा एक मात्र जित निकालेको छ। दुई अंकसहित टोली छैटौँ स्थानमा छ, त्यसैले प्लेअफमा जाने आशा जोगाउन कर्णालीले आजको खेल जीत्नु निकै आवश्यक छ।
उता, करण केसीको कप्तानीको काठमाडौँ गोर्खाजले पाँच खेलमध्ये चार जित्दै तेस्रो स्थानमा बसेको छ। प्लेअफमा आफ्नो स्थान पक्का बनाउन काठमाडौँका लागि पनि आजको खेल उत्तिकै महत्त्वपूर्ण छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे