
काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत बिहीबार दुई खेल हुने भएका छन्। पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स, दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्ने छन्।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिलो खेल ११स्४५ बजे र दोस्रो खेल ४ बजे सुरु हुनेछ। लुम्बिनी लायन्स, रोहितकुमार पौडेलको कप्तानीमा, सुदूरपश्चिमलाई हराउने लक्ष्यसहित मैदानमा उत्रनेछ। तीन खेलमध्ये एक मात्र जित निकालिएको लुम्बिनी अहिले अंक तालिकाको छैटौँ स्थानमा छ।
दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स लगातार तीन खेल जितेर ६ अंकसहित पहिलो स्थानमा छ। त्यस्तै, अनिल शाहको जनकपुर बोल्ट्स र कुशल भुर्तेलको पोखरा एभेन्जर्स दुवै टोली आजको खेल जित्ने लक्ष्यमा छन्। दुबै टोली अघिल्ला खेलमा पराजित भएकाले आजको खेल महत्वपूर्ण हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे