
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक मात्र खेल हुँदैछ । लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आज दिउँसो ४ बजे भिड्नेछन्। जारी लिगमा लुम्बिनीले ६ खेलमध्ये ३ जित र ३ हार गर्दै ६ अंक जोडेको छ र हाल चौथो स्थानमा रहेको छ। आजको खेलमा जित हासिल गर्न सके लुम्बिनी प्लेअफमा पुग्नेछ।
जनकपुर बोल्ट्सले भने ५ खेलमा १ जित र ४ हार बेहोर्दै २ अंक मात्र जुटाएको छ। आजको खेल जितेर प्लेअफको सम्भावना जोगाउने लक्ष्य जनकपुरको छ।
लुम्बिनीले जित हात पार्न सके पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफबाट बाहिरिनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे