
काठमाडौँ , मङ्सिर १९ ।कर्णाली याक्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा लगातार दोस्रो हार खेपेको छ । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजले पहिलो जित हात पारेको छ । सोमपाल कामीको कप्तानीङ्गा रहको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो ।लिगमा दुई खेल सकेको कर्णालीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा कर्णली जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
जितका लागि एक सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको काठमाडौँले १९।३ ओभरमा सात विकेटको क्षतिमा एक सय ५३ रन जोड्दै लक्ष्य पूरा गरेको हो । काठमाडौँका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बलमा तीन चौका र एक छक्काको सहयोगमा उक्त रन बनाए ।
बलिङमा कर्णालीका जिसन मक्सुद, विपिन शर्मा, गुलशन झा, नन्दन यादव र सोमपाल कामीले एक एक विकेट लिए । कर्णालीका लागि शिखर धवनले ७२ रनको अर्धसतकीय इनिङ्स खेले । उनले ५१ बलमा चार चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाए । यस्तै चाडविक वाल्टनले २१, जीसन मक्सुदले १४, बाबर हायातले १३ र गुलशन झाले १२ रन बनाए ।
काठमाडौंका लागि ओपनिङ ब्याटर माइकल लेभिटले १९ बलमा २२ रन जोड्ने क्रममा २ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर शंकर राना भने ६ रनमा रनटआउट भए। स्टेफन इस्कानाजी ३ रन र भीम सार्की ९ रन जोडेर आउट भए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे