
काठमाडौँ । नेपाल प्रिमियर लिग ९ल्एी० अन्तर्गत आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे सुरु हुने खेलमा काठमाडौं दोस्रो जितका लक्ष्यसहित मैदान उत्रिँदैछ भने सुदूरपश्चिम पहिलो प्रतियोगिताबाटै सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ।
उद्घाटन खेलमा काठमाडौंले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको थियो। कप्तान करण केसीको नेतृत्वमा उत्रिने काठमाडौंको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर ९विकेटकिपर०, सन्नी पटेल, जोन सिम्पसन ९विकेटकिपर०, प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस ९विकेटकिपर०, सन्तोष यादव र सोनु देवकोटा रहेका छन्।
सुदूरपश्चिम रोयल्सको कप्तानी राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन्। उनको नेतृत्वमा विनोद भण्डारी ९विकेटकिपर०, अविनाश बोहरा, दीपक बोहरा ९विकेटकिपर०, मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत ९विकेटकिपर०, नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा ९विकेटकिपर० र हिम्मत महरा समावेश छन्।
प्रतियोगितामा काठमाडौंका प्रशिक्षकका रूपमा पूर्वराष्ट्रिय प्रशिक्षक मोन्टी देशाइ रहेका छन् भने सुदूरपश्चिमको नेतृत्व प्रशिक्षक जगत टमाटाले सम्हालिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे