
काठमाडौँ, पुस १ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को पहिलो क्वालिफायरमा स्थान बनाएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ६ विकेटले हरायो। यस जितसँगै, सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोड्दै शीर्ष स्थान हासिल गर्यो र क्वालिफायरमा स्थान बनाएको हो। दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले १० अंक जोड्दै क्वालिफायरमा स्थान बनाएको छ।
कर्णालीले हारेपनि नेट रन रेटका आधारमा काठमाडौँलाई पछि पार्दै प्लेअफमा स्थान बनाएको छ। चितवन राइनोजले पनि ८ अंक बनाउँदै प्लेअफमा स्थान पाएको थियो। कर्णाली र चितवनले एलिमिनेटर खेल्नेछन्।
सुदूरपश्चिमले १०५ रनको लक्ष्य १५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन बनाए। कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले एक एक विकेट लिए। कर्णालीले पहिले ब्याटिङ गर्दै १०१ रन बनाएको थियो। सुदूरपश्चिमका हरमित सिंहले तीन विकेट लिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे