
काठमाडौँ , मङ्सिर १९ । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्ध बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्। विराटनगरको यो तेस्रो खेल हो भने लुम्बिनी पहिलो खेल खेल्दै छ । विराटनगरले दुई खेलमा नै जित हासिल गर्न सकेको छैन् ।
विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्टसँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको थियो । लुम्बिनीका कप्तानमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल छन् भने विराटनगरमा सन्दिप लामिछाने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे