
काठमाडौँ । आज नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटमा मात्रै एक खेल हुँदैछ। यस खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। खेल अपराह्न ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। विराटनगर किङ्सको प्रदर्शन अहिले सम्म निकै राम्रो छ। उसले खेलिएका ५ मध्ये ४ खेल जितेको छ र ८ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ।
लुम्बिनी लायन्सको प्रदर्शन भने कमजोर रहँदै आएको छ। उसले ५ मध्ये २ खेल मात्रै जितेको छ र ४ अंकसहित अंक तालिकाको छैटौँ स्थानमा छ। लुम्बिनीका लागि आजको खेल धेरै महत्वपूर्ण छ। जित निकाले मात्रै प्ले–अफमा पुग्ने सम्भावना जोगिन सक्छ, त्यसैले टोलीमाथि राम्रो खेल्ने ठूलो दबाब रहनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे