
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले विप्रेषण कारोबारमा संलग्न तीन कम्पनीको इजाजतपत्र खारेज गर्ने निर्णय गरेको छ। बैंकले नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उप-विनियम (५) अनुसार यो निर्णय लिएको जनाएको छ।
बैंकले जारी गरेको सूचनाका अनुसार निम्न विप्रेषण कम्पनीहरूको इजाजतपत्र खारेज हुने क्रममा रहेका छन्:
नेपाल राष्ट्र बैंकले उपरोक्त कम्पनीहरूसँग कुनै व्यक्ति वा संस्थाले विप्रेषण कारोबारसम्बन्धी बाँकी लेनदेन रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लिखित जानकारी उपलब्ध गराउन आग्रह गरेको छ।
साथै, तोकिएको अवधिमा लिखित जानकारी प्राप्त नभएमा सम्बन्धित कम्पनीहरूको बैंक जमानत फुकुवा गरिने चेतावनी पनि सूचनामा उल्लेख छ। यो निर्णय नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ को विनियम १३ को उपविनियम (८) अनुसार गरिएको हो।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे