काठमाडौँ, असोज ६ । सिटामोल अझै सहज हुन सकेको छैन । एक महिनादेखि बढेको डेङ्गु सङ्क्रमणसँगै उपत्यकालगायतका बजारमा माग उच्च बढेकाले सिटामोलको अभाव भएको हो ।
औषधि व्यवस्था विभागले भने सिटामोलको पर्याप्त आपूर्ति हुन नसकेको स्वीकार गरे पनि बाहिर हल्ला भएजस्तो समस्या नरहेको जनाएको छ ।
विभागका महानिर्देशक भरत भट्टराईले पहिलेजस्तो सजिलै सबै ठाउँमा सिटामोल नपाए पनि पाउँदै नपाउने अवस्था भने नभएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाका ठूला अस्पतालभित्र वा वरपर रहेका औषधि पसल वा फार्मेसीमा गएर बुझ्दा सिटामोल नभएको पाइएको छैन । यस विषयमा हामीले प्रत्यक्ष र परोक्ष रूपमा बुझ्ने काम गरिरहेका छौँ ।” आजको गोरखापत्र दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे