
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेता र कार्यकर्तासँग भेटघाट गर्न पार्टीको अनुमति चाहिँदैन भनेर स्पष्ट पारेकी छन्। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू एमालेमा लामो समयदेखि सक्रिय रहेको भन्दै कुनै अनुमति आवश्यक नपर्ने बताइन्। उनले भनिन्, “राष्ट्रपति हुनुअघि नै पार्टीमा काम गरिसकेको हुँ, नेताहरूसँग चिनजान पुरानै हो। त्यसैले कार्यक्रममा बोलाउनु स्वाभाविक हो।”
भण्डारीले औपचारिक सदस्यता नभए पनि पार्टीमा पुरानै योगदान रहेको भन्दै एमालेका कार्यक्रममा सहभागी हुन रोकटोक हुनु नपर्ने धारणा राखिन्। “देश बनाउन हामी सबैले योगदान गर्नुपर्छ, त्यसका लागि घुमफिर गर्दा अनुमति लिनुपर्छ भन्ने लाग्दैन,” उनले भनिन्। उनको यो भनाइ एमालेसँग सम्बन्ध अझै बलियो रहेको संकेतका रूपमा हेरिएको छ। राजनीतिक क्षेत्रले उनको अभिव्यक्तिलाई चासोका साथ हेरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे