
काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट आज नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्र बैंकको आयोजना कार्यक्रममा चौधरीले औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी ग्रहण गरेका हुन्।
नबिल बैंक सञ्चालक समितिको २०८२ पुस २८ गते सम्पन्न ६९९औँ बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको थियो। चौधरी व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका छन् र समूहका विभिन्न कम्पनीमा सञ्चालकको जिम्मेवारी पनि बहन गर्दै आएका छन्। उनी समाज सेवामा रुचि राख्ने व्यक्तित्वका रूपमा परिचित छन् तथा चौधरी फाउण्डेशनका उपाध्यक्ष र नेपाल उद्योग परिसंघ (सीएनआई)का वरिष्ठ उपाध्यक्ष समेत हुन्।
शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकतर्फ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु रामु पौडेल, गुरुप्रसाद पौडेल, दयाराम शर्मा तथा दीर्घबहादुर रावल, निर्देशक निरा ताल्चाभडेल र सञ्चालक समितिका सचिव तथा निर्देशक शरणकुमार अधिकारी उपस्थित थिए।
नबिल बैंकतर्फ बैंकका सञ्चालकहरू मलय मुखर्जी, अनन्त पौड्याल, प्रविन टिवडेवाला, सरिता भट्ट अधिकारी, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे तथा कम्पनी सचिव भिष्म नेउपाने उपस्थित थिए।
देशभर २६८ शाखा र ३२१ एटिएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको नबिल बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हाल दिगो बैंकिङको अवधारणालाई आत्मसात गर्दै डिजिटल बैंकिङ प्रणाली ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे