
काठमाडौँ ,२१ मंसिर | काठमाडौं क्षेत्र न १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले आफ्नो निर्वाचन खर्चको नौ लाख एक्वाउन्न हजार आठ सय छ रुपैयाँ रहेको बताएका छन् । आज काठमाडौं क्षेत्र नं १, निर्वाचन परिचालन समितीका संयोजक सुरज गिरीले एक विज्ञप्ति गरेर बमको निर्वाचनको खर्च सार्वजनिक गरेका हुन् ।
निर्वाचनमा जम्मा ९ लाख ५१ हजार आठ सय छ रुपैयाँ पच्पन्न पैसा खर्च गरेको विज्ञप्तिमा उल्लेख छ।
उम्मेदवारी घोषणा भएको दिनदेखि निर्वाचन नतिजा सार्वजनिक भएको दिनसम्म नौ लाख एक्वाउन्न हजार आठ सय छ रुपैयाँ पच्पन्न पैसा खर्च भएको विज्ञप्तिमा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे