
काठमाण्डौ। नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशनअनुसार, एनआईसी एशिया बैंकले आफ्ना खाता भएका उच्च पदस्थ व्यक्तिहरूलाई राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ।
बैंकले आफ्नो नजिकको शाखा कार्यालयमा गई आवश्यक विवरण अद्यावधिक गराउन खाता धारकहरूलाई अनुरोध गरेको छ। बैंकले यस प्रक्रिया समयमै पूरा गर्न खाता धारकहरूको सहकार्य आवश्यक भएको जनाएको छ।
यस सूचना अनुसार, खाता धारकहरूले राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक नगरेको अवस्थामा, निर्देशनअनुसार बैंकिङ प्रक्रिया र सेवा प्रवाहमा असर पर्न सक्ने बैंकले जानकारी दिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे