
काठमाडौं। एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.०३ प्रतिशतले घटेको हो। गत वर्ष यस अवधिमा बैंकले १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो।
बैंकको नाफामा तीव्र गिरावट आउनुको प्रमुख कारण इम्पेयरमेन्ट चार्जमा भएको ठूलो वृद्धि हो। गत वर्ष ४८ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालु वर्ष २ अर्ब ५३ करोड रुपैयाँमा पुगेको छ। यसले बैंकको मुनाफामा नकारात्मक असर पारेको देखिएको छ।
बैंकको वार्षिक प्रतिशेयर आम्दानी (EPS) २३ रुपैयाँ ५५ पैसाले घटेर २ रुपैयाँ ०४ पैसामा सीमित भएको छ। प्रतिसेयर नेटवर्थ भने १९८ रुपैयाँ ९२ पैसा रहेको छ।
बैंकको वित्तीय प्रदर्शनमा आएको यो गिरावटले लगानीकर्ताहरूको मनोबलमा असर पर्नसक्ने देखिएको छ। इम्पेयरमेन्ट चार्जको उच्च दर र नाफामा आएको कमी बैंकले आगामी अवधिमा सुधार गर्ने चुनौतीको रूपमा रहेको विश्लेषकहरूले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे